• Thursday 8th of October 2026

आज राति‘हाइप्रोफाइल’ले चलाउने ८ सय मोबाइल ब्लक गरिने


  • धनकुटा खबर
  • .

धनगढी । सोमबार(आज) राति ९ बजेदेखि उच्च मूल्यका आठ सय मोबाइल सेट ब्लक हुने भएका छन् ।

सरकारको निर्देशनअनुसार तोकिएको समयभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)मा दर्ता नभएका मोबाइल सेट सोमबारदेखि ब्लक गर्ने भएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा उच्च मूल्यका नयाँ सिरिजका मोबाइल सेट ब्लक गर्ने तयारी गरेको छ ।

करिब १० हजारवटा उच्च मूल्यका सेट एमडिएमएसमा दर्ता नभएको पाइएको प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले बताए । त्यसमध्ये सोमबार पहिलो दिन आठ सयवटा सेट ब्लक गरिनेछन्। क्रमिक रूपमा प्रत्येक दिन आठ सयदेखि एक हजारवटा सेट ब्लक गरिने उनले बताए ।

पहिलो चरणमा प्राधिकरणले हाइप्रोफाइललाई लक्षित गरेको छ । ‘नियम सबैले पालना गर्नुपर्छ। त्यसैले पहिलो चरणमा हाइप्रोफाइल व्यक्तिलाई नै नियमको दायराभित्र ल्याउने कोसिस गरेका हौँ,’ उनले भने । ब्लक भएका मोबाइल सेट पुनः खुलाउन सकिने वा नसिकने भन्ने विषयमा भने प्राधिकरणले कुनै निर्णय गरेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖