• Thursday 8th of October 2026

नेपाली कागजमा ल्याप्चे लगाएर लगनगाँठो कस्ने सहमति गरेकी ताराले पनि फेरिन बिहेको कुरा


  • धनकुटा खबर
  • .

नेपाली कागजमा ल्याप्चे लगाएर लगनगाँठो कस्ने सहमति गरेका नेपाल प्रहरीका पूर्वएआइजी रणबहादुर चन्द र स्वःघोषित सामाजिक अभियन्ता तारा बरालले बिहे नगर्ने भएका छन् ।

उक्त कागजको वैधानिकतामाथि प्रश्न उठाउँदै चन्दले सामाजिक सञ्जालमा लगातार स्टाटस लेखेर बिहे नगर्ने बताएपछि बरालले पनि मन फेरेकी हुन् । आज फेसबुकमा उनले लेखेको लामो स्टाटसमा आफूलाई बिहे गर्ने कुनै रहर नभएको तर चन्दकै आग्रहमा उक्त कागज गरिएको उल्लेख छ ।

‘मलाई बिहे गर्नसँग त्यत्रो शोख छैन त्यसमाथि परिवारको सल्लाह बिना अपर्झट गरेको कागजले पछि सम्झिदै लाँदा मलाई नै पारिवारिक, कानुनी तनाव धेरै नै थपिएको थियो’, उनले भनेकी छन्, ‘सबैले सोध्न थालेपछि के गरेँ गरेँ भनेर झनै तनाव थपिएको थियो । यो काण्डले हामीलाई हैन जहिल्यै यसो गरे पनि नहुने, उसो गरे पनि नहुने उल्टो खेद्नेहरुलाई चाहिँ ठिक पारेको रहेछ । पछि जे होस् मलाई चासो छैन, रहर पनि छैन ।’

बरालले हिजोसम्म भने चन्दले आफूलाई बिबाह गर्नैपर्ने आशयका स्टाटस र कमेन्ट लेखिरहेकी थिइन् । चन्दले लेखेको स्टाटसमा कमेन्ट गर्दै उनले आफूमाथि धोका भएको बताएकी थिइन् । उनकै आग्रहमा सहमतिको कागज गरेको र त्यसलाई सार्वजनिक गरिएको बरालको दाबी थियो ।

आफूहरुले योजनामै यो सबै नाटक रहेको बताएकी बरालले लेखेकी छन्, ’चन्द सरको उक्त आइडियाले बल्ल म दानवहरुका ताण्डवबाट चोखिएर हिजोकै जीवनमा हुन पाएँछु । म त हिड्छु मेरै बाटो खुट्टा तान्दै गर! हात्ती लम्किदै गर्छ,कुकुरहरु भुक्दै गर्छन् । मलाई मुद्दा लगाउँनेहरु एकदिन मेरै सामु कुहिएरै मर्नेछन् । ॐ पाथिभरा माता ! ममाथि जति अन्याय गरिराछन्, तपाईंसँग पुगेर लाख वत्ती बाल्दैमा धर्मात्मा हुदैनन्, पापी मनका बत्तीले उनैलाई जलाइदिनुस्, पापीहरुको छानीछानी अन्त्य गरिदिनुस् । ॐ नमोः शिवाय! ॐ नमो भगवते वाशुदेवाय !

यस्तो छ उनको स्टाटस –

म बल्ल हिजोकै जीवनमा रहन पाएँ!कतैको सम्पर्कबाट चन्द सरको धारणा आयो कि हिजो जताततै सँगै हिडे भनेर मनपरि गलत समाचार बनाउँने खेदो गर्ने षडयन्त्रकारी शत्रुहरुलाई सञ्जालमा यसरी नै खेलाइदिने हो।हिजो तारा बराललाई चन्दले लिएर हिड्यो,रंगेहात समातिए भन्नेहरुलाई “हैन उनिहरुको सम्बन्ध छैन, हिड्या हैनन्” भनेर कसैले कमेन्ट गर्नसके जो आज सम्वन्धमा छैनन् कागज गलत हो भन्न लागि परेकाछन्। यति गरेपछि त हिजो हिडे,बिग्रिए भन्ने डाहीहरुले नै अहिले फेरि लिएर हिडेको हैन भन्ने वातावरण त बन्यो नि!हिडेको हैन भन्दा हिड्यौ भन्ने ,अब हिड्छौँ भन्दा हिड्दैनौ गलत निर्णय हो भन्ने जे गरे पनि उल्टो खेद्ने शत्रुहरुले भन्न र गर्न खोजेको चाहिँ के?आज ठिक परेछ पछि जे होस् मलाई बिहे भन्ने विषयसँग पटक्कै मतलव छैन,वाद्यताले विषय भिडाएकाहुन्।एक्कासी गरेको कागज र सरले नै शत्रुलाई देखाएर समाचार रोक्ने भनेर पव्लिक गर्न लगाएको कागज बेलुकी कल गरेर पछि कागजले सामाजिक प्रश्नमा गएमा हैन भनेर भन्न त मिल्दैन नि,गर्नै परेमा पनि मरिन्न परेमा यसोयसो गरौँला ,मिडियामा म बोल्लिन तिमीले हो भन्नू भन्नुभाथियो सरले नै ।अनि गरेको कागज र निर्णय बदलेर कुरा गर्दा समाजमा मै गलत देखिने हुँ कि भन्ने डर थियो मलाई।अहिले रहस्य बुझेँ कि म धेरै खुशी छु।अझ मेरो वन्धन रहित स्वतन्त्र जीवन यसै ठिक हुनेथियो।मलाई जबरजस्ति थोपरेका समाचारले निर्णय गर्न वाद्य पारे तर राजनितिमा पारिवारिक झमेला कति दुखदायी हुन्छ भन्ने राम्ररी भोग्या मान्छे हुँ म!मलाई बिहे गर्नसँग त्यत्रो सौख छदैछैन त्यसमाथि परिवारको सल्लाह बिना अपर्झट गरेको कागजले पछि सम्झिदै लाँदा मलाई नै पारिवारिक,कानुनी तनाव धेरै नै थपिएकोथियो र मैले अहिलेसम्म पारिवारिक फोन पनि नउठाई बसेँ।।सबैले सोध्न थालेपछि के गरेँ गरेँ ,सहि गरेँ या गलत गरेँ भनेर झनै तनाव थपिएकोथियो।यो काण्ड लज्जास्पद या हाँस्यास्पद एउटा फ्लिम नै बन्यो तर यसले हामीलाई हैन जहिल्यै यसो गरे पनि नहुने,उसो गरे पनि नहुने उल्टो खेद्नेहरुलाई चाहिँ ठिक पारेको रहेछ ।पछि जे होस् मलाई चासोछैन,रहर पनि छैन म देश खोजेर हिड्या योद्दा हुँ दिनले जे गराउँछ त्यहि भोग्दै जाने हो।हुने कुरा कसैले भिडाएर भिडिन्न,छुटाएर छुट्दैन।। मेरो जीवन अरु कसैले बनाइदिएको पनि हैन,भत्काएर भत्किन्न पनि,दैवले जे गर्छन् त्यहि हुन्छ त्यसैले डाहीहरु!सम्पतिका आडमा अर्काको अनावश्यक डाह र खेदो नगर्नुस् एकदिन दैवले खाडलमा आफैँ खाँदिदिनेछन्,मलाई मान्छे र मुद्दा भिडाउँनेहरु हेर्दै जाऊ,२ दिने चुरिफुरी दैवले नर्कमा हालेरै छाड्नेछन्।चरी र घैँटे पनि यस्तै दादागिरी देखाउँथे तर हाम्रै अगाडि मरे र यी मेरा शत्रुहरुको पनि त्यस्तै अन्त्य हुनेछ।यो काण्ड फ्लिम बन्यो,धेरैलाई त रमिता जस्तो पनि भयो,काम फितलो पनि गरेकै हो तर तपाईजस्ता डाही,झगडालु, पिछलग्गुलाई दह्रो झापड र मुखमा बुजो हाल्न सफल भैएछ। जे होस् म खुशी छु अब।हिजो कागज गर्दा भन्दा आज धेरै आनन्द छ मलाई।अब म माथि अर्को षडयन्त्र के बुन्न थाल्ने हो बरु थालुन्। प्रमाण भनेको असत्य बन्दैन,सत्य डग्दैन।बच्चा ,अशिक्षित हो र हामी कोहि जबरजस्ति नभएका प्रमाण फसाउँदै बनाउँनलाई?प्रमाण भनेको ती दिनमा कसले कसलाई बोलायो,कता बोलायो,के भनेर बोलायो भन्ने हुन्छ त्यो शत्रुलाई पेस्न जरुरत छैन,चाहिएमा कानुनले खोजी गरेर पत्ता लगाउँछ।यिनिहरु माहिर खेलाडी हुन्,पैसाको दम्भले, मेरो लोकपृयताको डाहले जलेर मेर‍ राजनितिक यात्रा सिद्याइदिन मलाई मजाले फसाउँन लागि परेकाहुन्।मलाई मुद्दाको बहाना बनाएरै थुनाउँने लामो षडयन्त्र थाहा थियो र पटकपटक पोष्ट पनि गर्याथिएँ।अब यति जवाफ दिन्छन्? अबदेखि “चन्दले तारालाई लिएर हिड्यो,रंगेहात समातिए” भनेर न्युज बनाउँछन्!?सक्दैनन्। तिमीहरुको काम पुग्यो हैन? कि अझै सँगै हिड्छन् भनेर समाचार बनाउँने? आँट छ?अब त तिम्रो डिजाइन फेल भयो,हिजो हिडे भनेर बनाएका भिडियो मेटाउँछौ नि हैन? अब त हिडेकाहैनन् भन्ने प्रमाणित गर्यौ नि हैन?

अब त मलाई सँगै हिड्छे भन्दैनौ नि हैन? आँट छ अझै?
ती ५ जनालाई प्रश्न जसले मेरा मनपरि समाचार बनाए।
म त तिमीहरु भन्दा खुशी छु आज,Im very very very happy! चन्द सरको उक्त आइडियाले बल्ल म दानवहरुका ताण्डवबाट चोखिएर हिजोकै जीवनमा हुनपाएँछु।”म त हिड्छु मेरै बाटो खुट्टा तान्दै गर!” हाती लम्किदै गर्छ,कुकुरहरु भुक्दैगर्छन्।मलाई मुद्दा लगाउँनेहरु एकदिन मेरै सामु कुहिएरै मर्नेछन्।ॐ पाथिभरा माता!म माथि जति अन्षाय गरिराछन्, तपाईसँग पुगेर लाख वत्ती बाल्दैमा धर्मात्मा हुदैनन्,पापी मनका बत्तीले उनैलाई जलाइदिनुस्,पापीहरुको छानीछानी अन्त्य गरिदिनुस्।ॐ नम‍ो: शिवाय! ॐ नमो भगवते वाशुदेवाय!

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖