• Thursday 8th of October 2026

बिहे गर्दिन भन्दै पूर्वएआईजी रणबहादुर चन्दले लेखेको स्टाटसमा तारा बरालको कडा कमेन्ट


  • धनकुटा खबर
  • .

काठमाडौ । अभियन्ता तारा बरालसँग बिहे गर्ने कागज गरेका नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्दले आफ्नो बिहे गर्ने योजना नभएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्लै बिहे गर्ने योजना पनि नरहेको बताएका छन् ।

केही दिन अगाडि बरालसँग बिहे गर्ने सहमति भएको कागज सामाजिक सञ्जालबाटै सार्वजनिक भएको थियो । तर, चन्दले भने त्यो कागजमा आफ्नो नाम हालिएको र त्यो लिगल डकुमेन्ट नभएको जिकिर गरेका छन् ।

चन्दले फेसबुकमा लगातार स्टाटस लेख्दै बिहे नगर्ने बताएका छन् । उता बरालले चन्दको स्टाटसमा कमेन्ट गर्दै यस्तो कुरा नगर्न भनेकी छिन् ।

उनले चन्दको स्टाटसमा कमेन्ट गर्दै लेखेकी छिन्, ‘अनरगल वहाना बनाउँदै मलाई फसाउँदै गरेकोमा बच्चाजस्तो फेसबुकबाट नानाथरी आफ्नै बेइजत गर्नेहोइन,कानुनी निकायमा आफैँ उपस्थित हुनुस् सर यदि यो पोष्ट आफैँ गरेकोभए,मलाई फेरि मुद्दाकै सल्लाह गर्ने भनेर बोलाएर म बाँच्दिन भन्दै कागज गराएर,वकिलले म कागज लेख्दिन भन्दा हजुरले नै मेरो नाममा लेखिमात्रै दिनुस् भनेर म सिकाउँछु भनेर ,नयाँ कपडा खोजेर २ जनाको मात्रै फोटो हाल्ने ,प्रेसमिट गर्ने,२र३ जनालाई पव्लिकमा बाढी बगाइदिनुछ अहिल्यै भन्नुभा हैन ? मैले प्रेसमिट गर्न नमानेपछि फेसबुकमा त हालेरै छाड्ने भन्नुभयो,हजुरले हालेको पोष्ट बढि ओभर देखिन्छ भनेर मैले डिलिटगर्न लगाएको सबैले देखेकोहैनरुमैले फोटो खिच्न नमानेपछि सञ्जयदाइहरु सहित राखेर खिचेको हैन ? मलाई पटकपटक बोलाएर किन व्ल्याकमेलिङ सररु हजुरको इज्जत ठूलो भयो या आफैँ सिद्दिदै हुनुहुन्छ बिचार गर्नुस् ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖