• Thursday 8th of October 2026

यसकारण यो वर्ष सिस्नुपानी देउसी कार्यक्रम नहुने


  • धनकुटा खबर
  • .

काठमाडौ । सिस्नुपानी नेपालले प्रत्येक वर्ष गर्दै आएको देउसी कार्यक्रम यो वर्ष स्थगित गरेको छ ।

सिस्नुपानी नेपालका महासचिव टङ्कराज आचार्यले जारी गरेको विज्ञप्तिअनुसार यो वर्ष देउसी कार्यक्रम स्थगित गरिएको जानकारी गराइएको छ ।

“यही कात्तिक १७ गते राति जाजरकोट र रूकुम पश्चिम क्षेत्रमा गएको भूकम्पले त्यस क्षेत्रमा ठूूलो मात्रामा जनधनको क्षति गरेकोमा हामी अत्यन्त मर्माहत भएका छौँ,” उनले विज्ञप्तिमार्फत् भनेका छन्, “दुःखको यस घडीमा भूकम्पबाट ज्यान गुमाउन पुगेका नागरिकहरुप्रति हार्दिक श्रद्धान्जलि अर्पण गर्दै दिवंगतहरुका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दर्छौ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।”

संस्थाको बैठकले भूकम्प प्रभावित क्षेत्रका लागि स्थापित सरकारी कोषमा सहयोग स्वरुप पचास हजार उपलव्ध गराउने निर्णय गरेको छ । सिस्नुपानी नेपालले विगत २५ वर्षदेखि हरेक वर्षको तिहार पर्वका अवसरमा देउसी कार्यक्रम प्रस्तुत गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖