• Thursday 8th of October 2026

पोल्याण्ड पठाइदिन्छु’ भन्दै ३८ लाख ठगेको आरोपमा एक महिला पक्राउ


  • धनकुटा खबर
  • .

पोल्याण्ड पठाइदिन्छु भन्दै ३८ लाख रूपैयाँ ठगेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

भक्तपुर नगरपालिका-१० घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-६ बस्ने ३९ वर्षीया सुनिता कर्माचार्य पक्राउ परेकी हुन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार काठमाडौं महानगरपालिका-२४ बाट पक्राउ गरेको हो।

रोजगारीका लागि पोल्याण्ड पठाइदिने भन्दै पैसा लिइसकेपछि फरार भएकोले उनीविरूद्ध मदन राजमोक्तानसहित १७ जनाले उजुरी दिएका थिए। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालय प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्राचार गरेको थियो। त्यसैले पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖