• Thursday 8th of October 2026

भारतबाट घुम्न आएकी किशोरीको तिनाउ खोलामा डुबेर मृत्यु


  • धनकुटा खबर
  • .

पाल्पामा तिनाउ खोलामा डुबेर एक जना भारतीय किशोरीको मृत्यु भएको छ।

मंगलबार दिउँसो साढे १ बजे तिनाउ गाउँपालिका-३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए।

भारत उत्तरप्रदेश मगहरकाजिपुर घर भई विद्यालयबाट शिक्षकसहित २०-२५ जनाको संख्यामा नेपालमा घुम्न आएका थिए।

घुम्न आएका विद्यार्थीहरूमध्ये २० वर्षीया शाहिस्ता प्रविन फोटो खिच्नेक्रममा अचानक चिप्लिएर खोलामा डुबेकी थिइन्।

प्रहरी चौकी दोभानबाट खटिएको टोलीले किशोरीको उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो। अस्पतालमा पुर्‍याएपछि चिकित्सकले किशोरीलाई मृत घोषणा गरेको थियो।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖