• Friday 9th of October 2026

ल्याप्चे हानेका दुवै जना बिहे गर्न तर्किए !


  • धनकुटा खबर
  • .

नेपाली कागजमा ल्याप्चे लगाएर बिहे गर्ने सहमति गरेका नेपाल प्रहरीका पूर्वएआइजी रणबहादुर चन्द र तारा बरालले बिहे नगर्ने भएका छन् ।

उक्त कागजको वैधानिकतामाथि प्रश्न उठाउँदै चन्दले सामाजिक सञ्जालमा लगातार स्टाटस लेखेर बिहे नगर्ने बताएपछि बरालले पनि मन फेरेकी हुन् । आज फेसबुकमा उनले लेखेको लामो स्टाटसमा आफूलाई बिहे गर्ने कुनै रहर नभएको तर चन्दकै आग्रहमा उक्त कागज गरिएको उल्लेख छ ।

‘मलाई बिहे गर्नसँग त्यत्रो शोख छैन त्यसमाथि परिवारको सल्लाह बिना अपर्झट गरेको कागजले पछि सम्झिदै लाँदा मलाई नै पारिवारिक, कानुनी तनाव धेरै नै थपिएको थियो’, उनले भनेकी छन्, ‘सबैले सोध्न थालेपछि के गरेँ गरेँ भनेर झनै तनाव थपिएको थियो । यो काण्डले हामीलाई हैन जहिल्यै यसो गरे पनि नहुने, उसो गरे पनि नहुने उल्टो खेद्नेहरुलाई चाहिँ ठिक पारेको रहेछ । पछि जे होस् मलाई चासो छैन, रहर पनि छैन ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖