• Monday 5th of October 2026

मृगौला फेल हुनु अघि शरीरले दिन्छ यस्तो संकेत, भूलेर पनि नगर्नुहोस् वेवास्ता


  • धनकुटा खबर
  • .

काठमाडौँ । शरीरमा रस एवं रगतमा उपस्थित विजातीय तथा अनावश्यक तत्वलाई पिशाबबाट बाहिर निकाल्ने काम मिर्गौला अर्थात् किड्नीले गर्दछ। किड्नीको विशेष सम्बन्ध मुटु, फेक्सो, कलेजोसाथ हुन्छ।

मुख्यगरी मुटु र किड्नीले परस्पर सहयोगको साथ काम गर्ने गर्दछ। त्यसकारण, यदि कसैलाई मुटु रोग लागेको छ भने उसको किड्नी पनि विग्रन्छ।

किडनीका रोगीहरु दिनानुदिन बढीरहेका छन्। यसको मुख्य कारण मुटु, दम, श्वास, टिबी, सुगर, प्रेसरजस्ता रोगहरुको निदानका लागि भनेर आधुनिक औषधीहरुको बढी सेवन गर्नु हो। यी आधुनिक औषधिहरुको विषाक्त प्रभावका कारण नै किड्नी तथा पिशाबसम्बन्धी रोग उत्पन्न हुन्छ।

यदि एउटा किड्नी पूर्णरुपमा खराब भयो भने पनि अर्को किड्नीले शरीरलाई ठीक रुपमा सञ्चालन गर्दछ।

किन दुख्छ कम्मर ? यस्तो छ उपचार विधि

मृगौलाले आफ्नो जिम्मेवारी आशिंक वा पुरा रुपमा वहन गर्न नसक्नुलाई मृगौला विग्रनु वा मृगौला फेल भएको भन्ने गरिन्छ।

मृगौला फेल भएमा वा मृगौलाले काम गर्न छाडेमा बाँच्न सम्भव हुँदैन तर डायलासिस वा मृगौला प्रत्यारोपण गरेर बाँच्न वा बचाउन भने सकिन्छ । मृगौलाको प्रत्यारोपणपछि मानिस पूर्ववत अवस्थामा आफ्ना नियमित कार्यहरु गर्न सक्दछ।

मृगौला फेल हुनुको अर्थ हो मृगौलाले काम गर्ने दर १५ प्रतिशतभन्दा कम हुनु। मृगौला फेल हुनु केही दिन पहिला शरीरले केही संकेत दिन थाल्दछ। त्यसलाई बेवास्ता गर्नु हुँदैन।

शारीरिक सम्बन्धको विषयमा महिलाहरुले सोच्छन् यी १० अनौठा कुरा

मृगौला फेल हुनु अघिका ७ संकेतहरु यस्ता छन्ः

१) पिसावको मात्रा अचानक वा विस्तारै कम हुँदै जानु।

२) शरीर सुन्निन थाल्छ, विशेषगरी अनुहार।

३) मन स्थिर नहुनु वा वान्ता हुनु।

४) रक्तचाप अचानक बढ्नु।

५) निरन्तर रगतको कमी हुँदै जानु।

६) तौल अचानक कम हुनु।

७) हड्डी र जोर्नीमा दुखाई हुनसक्छ। थकान र कमजोरी पनि हुनसक्छ।

मृगौला फेल हुनबाट बच्ने ५ उपायहरु यस्ता छन्ः

१) पर्याप्त पानी पिउनेः यसले शरिरको टक्सिन फिल्टर भएर निस्किरहन्छ र मृगौला स्वस्थ हुन्छ।

२) चीनी र नुनमाथि नियन्त्रणः खानामा चीनी र नुन नियन्त्रण गरे रक्तचाप र मधुमेह नियन्त्रणमा रहन्छ। मृगौलामा भार पर्दैन जसका कारण मृगौला स्वस्थ रहन्छ।

३) व्यायाम गर्नुहोस्ः दैनिक आधा घण्टा हिँड्ने र व्यायाम गर्दा रक्त संचार राम्रो हुन्छ। मृगौला पनि स्वस्थ रहन्छ।

४) स्वस्थ खानेकुरा खानुहोस्ः हरियो सागपात, गेडागुडी, फलफूल आफ्नो खानेकुरामा समावेश गर्नुहोस् । यसो गर्दा मृगौला स्वस्थ रहन्छ।

५) धुम्रपान, मद्यपानबाट टाढै रहनुहोस्ः धुम्रपान, मद्यपान, जंक फूडबाट टाढै बस्नुहोस् । यसले मृगौलामा टक्सिन जम्मा हुन दिँदैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖