• Monday 5th of October 2026

चिनियाँ सेनाका २ वटा जहाजमा आएको राहत सामग्री गृहमन्त्री श्रेष्ठलाई हस्तान्तरण


  • धनकुटा खबर
  • .

२२ कात्तिक, पोखरा । जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत बोकेर २ वटा चिनियाँ जहाज पोखरा आइपुगेका छन् ।

जहाजमार्फत आएका राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सोङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरे ।

चिनियाँ जनमुक्ति सेनाका २ वटा जहाज १ लाख ७९ हजार किलो राहत सामग्री लिएर पोखरा विमानस्थल अवतरण गरेको हुन् ।

उक्त राहत सामग्री नेपाली सेनाको स्काइ ट्रकले यहाँबाट भूकम्प प्रभावित क्षेत्रमा पुर्‍याउने छ । आवश्यकताका आधारमा सामग्री पोखराबाट पठाइने छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖