• Friday 9th of October 2026

एकैसाथ पाँचजना किशोरी सम्पर्कविहीन


  • धनकुटा खबर
  • .

महोत्तरीबाट एकैसाथ पाँचजना किशोरी सम्पर्कविहीन भएका छन्।
औरही नगरपालिका–२ बाट मंगलबार दिउँसो साढे ११ बजेदेखि पाँचजना किशोरीहरू एकैसाथ हराइरहेको जानकारी आएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए।

उनका अनुसार १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रूवी सदा सम्पर्कबिहीन भएका हुन्।

उनीहरू कामको सिलसिलामा भारततिर गएको हुनसक्ने प्रहरीको आशंका छ । ‘उनीहरू विपन्न परिवारका हुन्। परिवारको दुःख देखेर भारततिर कामको सिलसिलामा गएको हुनसक्छ।

हामी खोजी गर्दै छौं भेटिहाल्छन्,’ डिएसपी गिरीले भने, ‘हराएकामध्ये एक किशोरीले हिजो आमालाई फोन गरेर हामी ठीक छौं नखोज्नूस भनेको कुरा आएको छ। त्यसी हेर्दा पनि कामकै लागि यिनीहरू योजना बनाएर हिँडेको हुनसक्छ। तर, हामीलाई डर के छ भने उनीहरु दुरूपयोग नहोस्।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖