• Friday 9th of October 2026

झापामा सालाले गरे भिनाजुको हत्या


  • धनकुटा खबर
  • .

झापामा भिनाजुको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
बुद्धशान्ती गाउँपालिका-५ बस्ने ४५ वर्षीय धनबहादुर कटुवालको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

उनको हत्या आरोपमा प्रहरीले सोही ठाउँका ३५ वर्षीय रोशन अधिकारीलाई पक्राउ गरेको हो।

बुधबार राति सवा ११ बजे भिनाजु धनबहादुर र सालो रोशनबीच विवाद भएको थियो। घरायसी विवाद हुँदा रोशनले आफ्ना भिनाजु धनबहादुरमाथि धारिलो हतियार खुकुरी र बाँसले प्रहार गरेका थिए।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका धनबहादुरलाई प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। त्यहाँ उपचारको क्रममा बिहीबार १:५५ मा मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त खबर पाएपछि इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले हतियारसहित रोशनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖