• Friday 9th of October 2026

धनगढीबाट दुई लाख बढीका ‘सेक्स टोय’ बरामद


  • धनकुटा खबर
  • .

धनगढी: धनगढीमा भारतबाट अवैध रुपमा भित्र्याइरहेको अवस्थामा प्रहरीले सेक्स टोय अथात् यौन खेलौना बरामद गरेको छ।

धनगढी उपमहानगरपालिका–१० मा भारतबाट अवैध रुपमा ल्याइएको दुई लाख ४२ हजार मूल्य बराबरको ४८ वटा सेक्स टोय बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए।

बरामद गरिएको अवैध सेक्स टोय आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाइने प्रहरीले बताएको छ।-दिनेश खबप

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖