• Friday 9th of October 2026

मदिरा चोरी गरेको आरोपमा बाँसको भाटाले कुटपिट गरेर हत्या गरेका थुनुवाको मृत्यु


  • धनकुटा खबर
  • .

जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालीका १६ घसिटाका ३१ बर्षीय कृष्णबहादुर सेटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

डीएसपी कुलदिप चन्दका अनुसार धनगढी १६ बेहडाबाबा नजिक बाँसको लाठी प्रहार गरेर ३८ वर्षीय लालबहादुर थापाको हत्या गरेको आरोपमा पक्राउ परेका सेटीको मृत्यु भएको हो। सोमवार दिउँसो मदिरा चोरी गरेको आरोपमा बाँसको भाटाले थापामाथि सेट्टीले कुटपिट गरेर हत्या गरेका थिए। कुटपिटको अभियोगमा कार्तिक २१ गते प्रहरीले पक्राउ गरी थुनुवा कक्षमा राखी अनुसन्धान गरिरहेको थियो।

डीएसपी चन्दका अनुसार बिहिवार प्रहरीले उनलाई बयानका लागि थुनाकक्षबाट बाहिर ल्याएको थियो। प्रहरीले बयान लिने क्रममा कुर्चिमा बसेका बेला बेहोस भई ढलेपछि अस्पतालमा लगिएको र उपचारका क्रममा मृत्यु भएको डीएसपी चन्दले जानकारी दिए ।

कुनै दीर्घकालिन रोग नभएको कृष्णको मृत्यु भएको छानविन गर्न मृतकका दाजु गणेश रोकायाले माग गरेका छन्। २२ गते थुनुवा कक्षमा रहेका कृष्णलाई कपडा समेत दिएर गएको थियौ दाजु गणेशले भने आज २३ गते मृत्यु भएको भनेर प्रहरीबाट जानकारी आएको हो। थुनुवा कक्षमा मृत्युको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चन्दले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖