• Friday 9th of October 2026

प्रहरी हिरासतमा थुनुवा रहेको युवकको कसरी भयो मृत्यु


  • धनकुटा खबर
  • .

दिलबहादुर छत्याल । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक युवकको रहस्यमय मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका वडा नं-१६ का ३१ वर्षीय कृष्ण सेट्टिको बिहीबार बिहान हिरासतमा मृत्यु भएको हो।

कैलाली प्रहरी कार्यालयका प्रहरी उपरीक्षक देबेन्द्र सिंह पालका अनुसार बिहीबार बिहान बयान लिने क्रममा उनी कुर्चीमै बेहोस भएर ढलेको बताए। त्यसपछि उनलाई उपचारका लागि प्रादेशिक सेती अस्पतालमा लगिएकाे थियाे। र उपचारको क्रममै सेट्टिको मृत्यु भएको उनले बताए। मृत्युको कारण खुल्न नसकेको उनको भनाई छ।

यता मृतक युवकका आफन्तले भने उनमा कुनै बिरामी नरहेको र बुधबार भेट्ने बेला सम्म स्वास्थ्य अवस्था ठिक रहेको बताउँछन्। कृष्णको मृत्युबारे छानबिनको हुनुपर्ने उनीहरको माग छ।

‘पहिले पनि कुनै रोग बिराम थिएन, हिजो म भेटेर कम्मल दिएर आएको थिए, राम्रो अवस्था थियो।’ मृतकका दाजु गणेश सेट्टिले भन्छन् ‘आज प्रहरीले बिरामी छ भनेर खबर गरेपछि बुहारी र म धनगढी आउँदा भाइलाई मृत अवस्थामा देखे।’

स्वस्थ रहेको भाइको एक्कासि मृत्यु हुनाले आशंका उब्जिएको उनले बताए। ‘यसबारे छानबिन हुनुपर्छ’ उनी भन्छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर-१६ बेहडाबाबा विद्यालय क्षेत्रमा गत सोमबार बाँसको लाठी प्रहार गरी ३८ वर्षीय लालबहादुर थापाको हत्या गरेको अभियोगमा उनलाई प्रहरी हिरासतमा राखेकाे थियो।-नागरिक न्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖