• Monday 5th of October 2026

बिष सेवन गरेर आत्महत्या गरेकी मोडल दीपाशा बीसीको अन्त्येष्टि भोलि गरिने


  • धनकुटा खबर
  • .

काठमाडौं : बिष सेवन गरेर आत्महत्या गरेकी मोडल तथा अभिनेत्री दीपाशा बीसीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।

थापाथलीस्थित नर्भिक अस्पतालबाट बिहीबार पोष्टमार्टमका लागि उनको शव त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ।

बुधबार बेलुकी करिब साढे ८ बजे दीपाशाले आफ्नै घरमा बिष सेवन गरेकी थिइन्। परिवारका सदस्यले उनलाई उपचारका लागि नर्भिक अस्पताल पुर्याएका थिए। उपचारका क्रममा उनको आज (बिहिबार) दिउँसो करिब साढे १२ बजे मृत्यु भएको हो।

उनले बिष सेवन किन गरिन् भन्नेबारे केही खुलेको छैन। उनको अन्त्येष्टि भने (भोलि) शुक्रबार गरिने बताइएको छ।

म्युजिक भिडियो क्षेत्रमा चर्चा कमाइरहेकी दीपाशालाई ‘जलपरि’ उपनामले समेत दर्शकले चिन्दै आएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖