• Friday 9th of October 2026

३० वर्षपछि तिहारमा चम्किनेछ यी राशिको भाग्य तर दशा बन्न सक्छ यी ३ राशिको लागि


  • धनकुटा खबर
  • .

शुक्र ग्रह कुम्भ राशिमा प्रवेश गरेको छ। यसअघि नै क्रूर ग्रह शनि कुम्भ राशिमा विराजमान छ। यस्तो अवस्थामा शनि र शुक्रको ३० वर्षपछि कुम्भ राशिमा भेट भएको छ।

ज्योतिष ग्रन्थमा शुक्र ग्रहले शनिलाई सहयोग गर्ने भएकाले विपरीत प्रकृतिका यी दुई ग्रहलाई एकसाथ हुनु राम्रो मानिएको छ। यसका कारण शनि बलवान हुन्छ तर शुक्र र शनिको संयोगको बीचमा शनि ग्रह अस्ताउँछ, जसका कारण धेरै राशिका लागि शुक्र र शनिको संयोग प्रतिकूल मानिन्छ। शुक्र र शनिको संयोगले कुन राशिका मानिस समस्यामा पर्न सक्छन् भन्ने बारे जान्नुहोस्।

कर्कट राशि: यस अवधिमा कर्कट राशिका व्यक्तिले यात्रा गर्दा विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ। सरकारी काममा लागेका यस राशिका व्यक्तिहरूले कुनै पनि प्रकारको गैरकानूनी काम गर्नुहुँदैन। आर्थिक पक्षको कुरा गर्ने हो भने कसैबाट ऋण लिनबाट बचेको नै राम्रो हुनसक्छ। यो समयमा तपाईंको आर्थिक स्थिति केही डगमगाउन सक्छ, सतर्क रहनुहोला।

कन्या राशि: शुक्र गोचरको समयमा कन्या राशिका व्यक्तिहरूले पारिवारिक जीवनमा धेरै सावधानी अपनाउनुपर्नेछ। यस अवधिमा जीवनसाथीसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। स्वास्थ्यमा पनि विशेष ध्यान दिनुपर्ने देखिन्छ। आम्दानीभन्दा बढी खर्च हुने हुँदा आर्थिक क्षेत्रमा पनि उतारचढाव आउन सक्छ।

तुला राशि: शुक्र तपाईको राशिको स्वामी हो। प्रेम सम्बन्धमा फाटो आउनसक्छ, सजग रहनु नै राम्रो होला। शिक्षा क्षेत्रमा रहेका मानिसले सोचे अनुसारको फल प्राप्त गर्न नसक्लान्। यस राशिका मानिसहरुलाई पेट सम्बन्धि स्वास्थ्य समस्या पनि हुन सक्छ। यो समयमा गर्भवती महिलाले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ।

मीन राशि: आर्थिक पक्ष कमजोर रहला। कार्यस्थलमा विपरित लिङ्गी व्यक्तिसँग कुरा गर्दा होसियारीपूर्वक गर्नु पर्छ अन्यथा मानहानि हुन सक्छ। यस अवधिमा गलत संगत र लतहरू तपाईंको लागि घातक साबित हुन सक्छ। यस राशिका कतिपय व्यक्तिले यस समयमा इच्छाविपरीत यात्रा गर्नु पर्ने हुनसक्छ भने कतिपयलाई नचाहिने ठाउँमा स्थानान्तरण हुन सक्छ। यस राशिका व्यक्तिहरूले शत्रुबाट पनि सावधानी अपनाउनुपर्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖