• Friday 9th of October 2026

लक्ष्मीपूजाकै दिन ह्नात्तै घट्यो सुनको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

महासंघले आजका लागि छापावाल सुनको मूल्य तोलामा एक लाख १३ हजार ७ सय र तेजावी सुनको मूल्य एक लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ ।

शुक्रबार एक लाख १४ हजार ७ सय रुपैयाँमा छापावाल सुन र एक लाख १४ हजार १५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

आज चाँदीको मूल्य एक हजार ३८० रुपैयाँ कायम भएको छ । शुक्रबार एक हजार ४ सय रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖