• Monday 5th of October 2026

अमिताभ बच्चनको आमा र प्रेमिका दुवै भूमिका निर्वाह गर्ने यी अभिनेत्री


  • धनकुटा खबर
  • .

बलिउडमा काम गरेर दर्शकको मन जित्ने सपना प्राय सबै कलाकारको हुन्छ। बलिउडका केही कलाकारले दर्शकको मन जितेको कारण अझै पनि प्रिय भएका छन्। जसमध्ये अभिनेता अमिताभ बच्चन पनि हुन्।

उनले फिल्ममा सहायकदेखि मुख्य पात्र बनेर सबै फिल्ममा अभिनय गरेका छन्। सहायक र मुख्य जुनसुकै भएपनि उनले आफ्नो अभिनयमा सतप्रतिशत मेहेनत गरेकाले चर्चित छन्। उनीसँग धेरै अभिनेत्रीले सहकार्य गरेका छन्। जसमध्ये आमा र प्रेमिका दुवै पात्र बनेर एक अभिनेत्रीले काम गरेकी छन्। अभिनेत्री वहिदा रहमानले अमिताभसँग फिल्ममा काम गरेकी थिइन्।

सन् १९७६ मा प्रदर्शन भएको फिल्म ‘अदालत’ र ‘कभी-कभी’ मा उनीहरू प्रेमी-प्रेमिकाको भूमिकामा देखिएका थिए। यसपछि सन् १९७८ मा प्रदर्शन भएको फिल्म ‘त्रिशुल’ मा अभिनेत्री वहिदा अमिताभको आमा पात्र बनेर अभिनय गरेकी थिइन्।

वहिदाको जन्म सन् १९३८ मा भएको हो। उनले तेलुगु फिल्म ‘रोजुलु मरई’ मार्फत बालकलाकारको रूपमा अभिनय यात्रा सुरू गरेकी थिइन्। उनी भरतनाट्य नृत्यकार पनि हुन्। उनले मुख्य पात्रको रूपमा सन् १९५६ प्रदर्शन भएको ‘सिआईडी’ फिल्ममा देखिएकी थिइन्। उनको पहिलो भूमिका खलनायिका थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖