• Friday 9th of October 2026

काठमाडौँमा जुवाको खालबाट हाइप्रोफाइल पक्राउ, छाड्न चलखेल


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँमा जुवाको खालबाट हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँमै कार्यरत प्रहरी हाकिमका आफन्त, गैरआवासीय नेपाली संघमा आबद्ध अभियन्ता र अन्य हाइप्रोफाइलहरु रहेका छन् ।

यस्तै नागार्जुन नगरपालिकास्थित इचंगुनारायण सामुदायिक संस्थाका अध्यक्ष प्रताप दानी पनि पक्राउ परेका छन् ।

सबै गरी जम्मा २२ जनालाई प्रहरीले पक्राउ गरेको हो । राजधानीको ठुलो भर्‍याङ क्षेत्रबाट पक्राउ परेका उनीहरुको साथबाट ४ लाख ९२ हजार नगद समेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले जानकारी दिए । हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेकाले उनीहरुलाई छाड्न तीव्र दबाब आइरहेको बताइएको छ ।

प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको र हाइप्रोफाइल भएकैले छाड्न तीव्र दबाब आइरहेको ती अधिकारीको भनाइ छ । उनले हाइप्रोफाइल भनिएका अन्य व्यक्तिहरुको विवरण भने खुलाउन चाहेनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖