• Friday 9th of October 2026

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु


  • धनकुटा खबर
  • .

मंगलबार ललितपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका वडा नम्बर १०, तखेल चोकमा मंगलबार साँझ ६ बजेर ४० मिनेट जाँदा बा ६० प ५१९५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।

सडक छेउमा रहेको रूखमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा करिब २४ वर्षीय राम माझी र २५ वर्षीय विजय माझी छन्।
प्रहरीका अनुसार दुवै सिन्धुलीको मरिन गाउँपालिकाका हुन्। उनीहरूलाई उपचार निम्ति पाटन अस्पताल लगिएकोमा त्यहीँ निधन भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖