एजेन्सी – घरेलु टोली भारतले आइसिसी विश्व कप २०२३ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ ।
वानखडे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले सुरुवाती १० ओभरमा १ विकेट गुमाउँदै ८४ रन बनाएको छ । शुभमन गिल २६ बलमा ५ चौकासहित ३० र बिराट कोहली ४ रनमा नट आउट छन् ।
भारतका कप्तान रोहित शर्मा २९ बलमा ४ चौका र ४ छक्कासहित ४७ रनमा आउट भए ।
टिम साउथीको नवौं ओभरको दोस्रो बलमा ठुलो शर्ट खेल्ने धुनमा रोहित शर्मा केन विलियम्सनबाट लङअफमा क्याच आउट भए । केनले हाइको बल उत्कृष्ट क्याच लिएका थिए ।
पहिलो विकेटका लगि रोहित र गिलले ९.२ ओभरमा ७१ रनको साझेदारी गरेका थिए। दुबै टोलीले आजको खेलमा परिवर्तन गरेका छैनन् ।
