• Wednesday 7th of October 2026

कोहली बने एकै विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी


  • धनकुटा खबर
  • .

एजेन्सी – भारतका शिर्षक्रमका ब्याटर विराट कोहली एकै विश्वकपमा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् । विश्वकप २०२३ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डविरुद्ध ८० रन बनाएसँगै उक्त कीर्तिमान बनाएका हुन् ।

कोहलीले जारी विश्वकपमा १० खेलमा ६ सय ८० रन बनाइ सकेका छ्न् । यश अघि एकै विश्वकपमा सचिन तेन्तुलकरले २००३ को विश्वकपमा ६ सय ७३ रन बनाएका थिए ।

अस्ट्रेलिया म्याथु हेडनले २००७ को विश्वकपमा ६५९ र रोहित शर्माले २०१९ मा ६ सय ४८ रन बनाएका थिए ।

वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ३६ ओभरमा १ विकेट गुमाउदै २ सय ६५ रन बनाएको छ । कोहली ८६ र श्रेयस ऎर ४९ रनमा खेलेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖