• Monday 5th of October 2026

स्वस्तिमा भन्छिन्– बूकिङ रातै हुँदा पनि हाम्रो फिल्मलाई शो नदिएर हेपियो


  • धनकुटा खबर
  • .

हल संचालकसँग दुईवटा माग राखेर फिल्म ‘दिमाग खराब’को प्रदर्शन रोक्ने निर्णय यसको निर्माण पक्षले लिएको छ ।विदेशी र नेपाली फिल्मलाई बराबर शो दिनुपर्ने र फिल्म प्रदर्शनभर निर्माता र हल सञ्चालकबीच हुने सेयर बाँडफाँट बराबर हुनुपर्ने ‘दिमाग खराब’ टिमको माग छ । ​

यसैबीच, अभिनेत्री स्वस्तिमा खड्काले बूकिङ रातै हुँदा पनि आफ्नो फिल्मलाई शो नदिएर हेपिएको बताएकी छन्। ​भक्तपुरस्थित क्यूएफएक्समा बिहीवार ‘दिमाग खराब’ र ‘टाइगर ३’को बूकिङको अवस्था फेसबुकमा पोष्ट गर्दै लेखेकी छन्, ‘टाइगरको बूकिङ घट्दै जाँदा पनि जबर्जस्ती शो संख्या बढाइएको छ । बूकिङ रातै हुँदा पनि हाम्रो फिल्मलाई शो नदिएर हेपिएको छ । यो दादागिरी हो ।’

उनले आफूहरूको लडाइँ टाइगरसँग नभएको समेत स्पष्ट पारेकी छन् ।‘हाम्रो लडाइँ ‘टाइगर’सँग होइन, उसलाई राजा बनाएर अरूलाई दास बनाउनेहरूसँग हो ’ उनले लेखेकी छन् ।निश्चल बस्नेतको निर्देशन रहेको फिल्म ‘दिमाग खराब’ कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖