• Friday 9th of October 2026

पोखरामा दृष्टिविहीन बसोबास गर्ने आश्रममा आगलागी


  • धनकुटा खबर
  • .

पोखरा महानगरपालिका-२९ लेखनाथको घोतघोतेमा रहेको दृष्टिविहीन बसोबास गर्ने आश्रममा आगलागी भएको छ ।

दृष्टिविहीनहरुको समूह देउसीभैलो खेल्न गएका बेला बुधबार राति आगलागी भएको हो । घर भाडामा लिएर अपांगता मैत्री समाजले सञ्चालन गरेको आश्रम, बिक्री गर्न राखिएका सामग्री, लत्ताकपडा र नगदसमेत जलेर नष्ट भएको छ । करिब एक लाख रुपैयाँ नगद आधा जलेको अवस्थामा भेटिएको छ ।

आगलागीबाट झन्डै ७५ लाख रुपैयाँ बराबरको सामान नष्ट भएको छ । आगलागीबाट पाँच कोठे घर ध्वस्त भएको छ ।दृष्टिविहीन र अपाङ्गगता भएका ३० जना आश्रममा बस्दै आएका थिए । उनीहरूले बजारमा लगेर बेच्ने अगरबत्ती, कपुर, पेन्सल, डटपेन, फिनेल, हार्पिक, अबिर, केशरीलगायतका सामग्री जलेर नष्ट भएका छन् ।

उनीहरूले बजारमा बिक्रीका लागि लैजान लागेका झन्डै ३४ लाख रुपैयाँ बराबरको सामग्री पनि नष्ट भएको दृष्टिविहीन सङ्घ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उनीहरूले तिहारको बेलामा सामान बिक्रीबाट सङ्कलन गरेर आश्रममा नै रहेको झन्डै नौ लाख रुपैयाँ पनि जलेको सुवेदीले बताएका छन्। आगलागीबाट आश्रममा रहेका खाद्यान्न पनि नष्ट भएका छन् ।

अपाङ्गगतामैत्री समाज कास्कीले घर भाडामा लिएर आश्रम सञ्चालन गर्दै आएको थियो । आगलागीपछि त्यहाँ बस्दै आएकाहरूको बिचल्ली भएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖