• Friday 9th of October 2026

छठ पर्वको लागि सामान खरिद गर्न भारतीय बजार गएकी नेपाली महिलाको ट्रयाक्टरको ठक्करबाट मृत्यु


  • धनकुटा खबर
  • .

सीमावर्ती भारतीय बजार बिहारको घोडासहनमा छठ पर्वको लागि सामान खरिद गर्न गएकि नेपाली महिलाको ट्रयाक्टरले किचेर मृत्यु भएको छ ।

रौतहटको पौराहा नगरपालिका ८ निवासी दिनानाथ पटेलको श्रीमती ५५ वर्षीय निसरिया देबि पटेलको मृत्यु भएको हो। छठ पर्वको लागि सामान खरिद गर्न श्रीमानसहित घोडासहन जाँदा बुधवार दिउँसो उक्त घटना भएको थियो।

घटनाको भारतीय प्रहरीले अनुसन्धान तथा कार्वाही प्रकृया अगाडि बढाएको खबर आएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दामोदर केसीले बताए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖