• Friday 9th of October 2026

यि ३ राशि हुन्छन् हनुमानको प्रिय राशि, जीवनमा खुब गर्छन् प्रगति !


  • धनकुटा खबर
  • .

धार्मिक मान्यता अनुसार मंगलबारलाई हनुमानको दिन मानिन्छ। यस दिन पवन पुत्र हनुमानको विधिपूर्वक पूजा–आराधना गरी व्रत राख्नाले सुख–समृद्धि प्राप्त हुन्छ । यसका साथै संकटबाट मुक्ति पाउने मान्यता पनि छ । मान्यता अनुसार हनुमानलाई संकटमोचक पनि भनिन्छ। नियमित रूपमा हनुमानको पूजा गर्नाले जीवनमा आउने बाधाहरू हट्छ र सकारात्मक परिणाम पनि मिल्छ। साथै ज्योतिष शास्त्रका अनुसार यस्ता धेरै राशिहरु छन् जसमा हनुमानको कृपा सदैव रहन्छ ।

कुम्भ राशि
ज्योतिष शास्त्रका अनुसार यस राशिका मानिसहरूलाई सधैँ हनुमानको कृपा प्राप्त हुन्छ। यस राशिका व्यक्तिलाई कार्यस्थलमा सफलता मिल्नुका साथै आर्थिक लाभ पनि हुने विश्वास छ ।

यस राशिका मानिसहरूलाई सधैँ हनुमानको कृपा मिल्ने मान्यता रहेको छ। मंगलबार हनुमानको विधिवत पूजा गर्नाले आर्थिक समृद्धि प्राप्त हुन्छ । साथ-साथै यस राशिका व्यक्तिको घरमा शान्तिको वातावरण रहन्छ।

ज्योतिष शास्त्रका अनुसार सिंह राशिलाई भगवान हनुमानको प्रिय राशि मानिन्छ। हनुमानको विशेष आशीर्वाद यस राशिका मानिसहरूलाई हुन्छ। यस राशिका मानिसलाई हरेक काममा हनुमानको कृपाले अवश्य सफलता मिल्छ। हनुमान यस राशिका मानिसहरूको सबै दुःखहरू हटाउँछन्।

हनुमानको पूजा विधि
ज्योतिष शास्त्र अनुसार मंगलबार हनुमानको दिन हो । यस दिन विधिवत पूजा गर्दा हनुमान प्रसन्‍न हुन्छन्। यससँगै उनको कृपा पनि प्राप्त हुने जनविश्वास छ । मंगलबार हनुमान जीको विधिवत पूजा गर्नुहोस्। सुन्दरकाण्डको पाठ गर्नुहोस् र हनुमान जीलाई बेसनको लड्डू चढाउनुहोस्। हनुमानलाई सिंदूरको टिका लगाउनुहोस्। हनुमान चालिसा र बजरंग बान पढ्नुहोस्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖