• Friday 9th of October 2026

श्रीमतीको कुटेर हत्या


  • धनकुटा खबर
  • .

कैलाली । अछाममा श्रीमतीको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन् । मङ्गलसेन नगपालिका-३ लाछिमनाकी ४० वर्षीया उर्मिला विष्ट भण्डारीको हत्या आरोपमा उनका श्रीमान् शेरबहादुर भण्डारी पक्राउ परेका हुन् ।

शेरबहादुरको कुटाइबाट श्रीमतीको मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ छ ।

‘मृतकाको टाउको र शरीरका अन्य भागमा चोटपटक लागेको देखिन्छ ’, अछामका डीएसपी सन्तोष पाठकले भने, ‘प्रारम्भिक अनुसन्धानले श्रीमान्‍को कुटपिटबाट उनको मृत्यु भएको देखिन्छ ।’

उर्मिलाको माइती पक्षले पनि शेरबहादुरले कुटेर उनको हत्या भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

शेरबहादुरले यसअघि पनि मदिरा सेवन गरेर श्रीमती कुटपिट गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ । अहिले पनि मदिरा सेवन गरेर कुटपिट गर्दा ज्यान गएको हुन सक्ने भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको डीफएसपी पाठकले बताए ।

हत्या आरोपमा पक्राउ परेका शेरबहादुर हालै नेपाल प्रहरी अवकाश भएका हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖