• Friday 9th of October 2026

सब ओभरसियर नदीमा बेपत्ता


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीका एक जना कर्णाली नदीमा बेपत्ता भएका छन् ।

एक हप्ता अघि कर्णाली नदीमा बगेर जिल्लाको कैलारी गाउँपालिकामा कार्यरत सब ओभरसियर विशेष चौधरी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

टीकापुर पार्क घुम्न गएका बेला चौधरी कर्णाली नदीमा बेपत्ता भएका हुन् । गौरीगंगा नगरपालिका वडा नम्बर ८ बढैपुर स्थायी घर भएका चौधरी कर्णाली नदीमा डुबेर बेपत्ता भएका थिए ।

आफन्त, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयहरूले एक सातादेखि चौधरीको खोज तलास गर्दै आएका छन् । तर अहिलेसम्म उनको अत्तोपत्तो छैन ।

उनी कात्तिक २५ गते कर्णालीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । चौधरीको खोजी कार्य जारी रहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖