• Monday 5th of October 2026

रणवीर कपूरलाई लिएर असुरक्षित महसुस गर्छिन् आलिया ?


  • धनकुटा खबर
  • .

बलिउड अभिनेत्री आलिया भट्ट विभिन्न कारण सामाजिक संजालमा भाइरल भइरहेकी हुन्छिन्।

भर्खरै उनी निर्माता तथा निर्देशक करण जोहरको शो ‘कफी विद करण’ मा पुगेकी थिइन्। अभिनेत्री करीना कपूर खानसँगै पुगेकी शोमा आलियाले आफ्नो व्यक्तिगत जीवनको बारेमा कुराकानी गरेकी छन्।

‘अभिनेता रणवीर कपूर अन्य अभिनेत्रीसँग काम गर्दा तिमलाई डाहा हुन्छ कि हुँदैन? के तिमी रणवीरलाई लिएर असुरक्षित महसुस गर्छौ’ भनेर करणले आलियालाई प्रश्न सोधे।

आलियाले प्रश्नको उत्तर दिँदै भनिन्, ‘छि….यो सबै पेज ३ को कुरा हो। यो कुराको केही अस्तित्व छैन। पहिला उनी मेरो श्रीमान हो, त्यसपछि बल्ल अभिनेता हो।’ यति भन्दै उनले रणवीरको बारेमा थप कुरा नगर्ने बताइन्।

अभिनेत्री प्रियंका चोपडा, कट्रिना कैफ र दीपिका पादुकोणको अभिनय यात्राबाट के सिक्न चाहन्छौं? भनेर करणले प्रश्न सोधेका थिए।

आलियाले जवाफ फर्काउँदै भनिन्, ‘प्रियंकाको आवाज धेरै सेक्सी छ। मलाई उनको आवाज मनपर्छ। यस्तै दीपिकाको प्रस्तुती एकदम राम्रो छ। जब दीपिका स्क्रिनमा आउँछिन् तब मेरो नजर हट्दैन।’ यसैगरी उनले अन्तिममा भनिन्, ‘कट्रिना एकदम मेहेनती छिन्। उनले गीतमा गरेको काम मेरो लागि एक सपना हो।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖