• Friday 9th of October 2026

धनगढीमा भीषण आगलागी : सारथि अस्पताल क्षणभरमै ध्वस्त


  • धनकुटा खबर
  • .

धनगढी । धनगढीमा राति भएको भीषण आगलागीले सारथि अस्पताल जलेर ध्वस्त भएको छ ।

नजिककै जुत्ता चप्पलको होलसेल पसलको गोदामबाट विद्युत सर्ट भई सुरु भएको आगलागीले अस्पताल नै ध्वस्त भएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा ४ वर्षदेखि करोडौँको लगानीमा सञ्चालनमा आएको सो अस्पताल आगलागीले ध्वस्त बनेको हो ।

अस्पतालका प्रबन्ध निर्देशक वेदप्रकाश जोशीका अनुसार अचानक आगलागी हुँदा त्यहाँ उपचाररत आधा दर्जन बिरामीलाई राति नै अन्यत्र सारिएको छ । मानवीय क्षति नभए पनि आगलागीले अस्पतालका यन्त्र उपपकरणहरुमा ठुलो क्षति भएको जोशीले बताए । आगो निभाउने कार्य जारी रहेको बताउँदै उनले क्षतिको विवरण तत्काल आकलन गर्न गाह्रो भएको बताए ।

आगलागीबाट अन्य आधा दर्जन बढी पसलमा समेत क्षति पुगेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖