• Friday 9th of October 2026

५ तारे होटलको भाडा १० हजारबाट बढेर ३ लाख भारु पुग्यो, उडानको भाडा पनि ५ गुणाले बढ्यो


  • धनकुटा खबर
  • .

अहमदाबाद । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइतबार हुने भारत र अस्ट्रेलियाबिच विश्वकपको फाइनल खेल हेर्नका लागि विश्वभरका फ्यानहरू उडान र होटल बुकिङमा व्यस्त छन्। जसका कारण अहमदाबाद र वरपरका सहरहरूमा पाँच, तीन तारे र अन्य होटेलहरूमा कोठाको माग बढिरहेको छ। यसको क्रेज यति बढेको छ कि आइतबार रातिको पाँच तारे होटलको भाडा १० देखि ११ हजार रुपैयाँको सट्टा तीन लाख भारतीय रुपैयाँ पुगेको छ ।

फेडरेशन अफ होटल एण्ड रेष्टुरेन्ट एसोसिएसन अफ गुजरातका अध्यक्ष नरेन्द्र सोमानीका अनुसार दुबई, अस्ट्रेलिया, दक्षिण अफ्रिकाका फ्यानहरू पनि अहमदाबाद आउनेछन् । सहरका तीन र पाँचतारे होटलमा ५ हजार कोठा छन् । गुजरातमा कूल १० हजार कोठा छन् । खेल हेर्न बाहिरबाट ३० देखि ४० हजार दर्शक आउने अपेक्षा गरिएको छ । जसका कारण पाँच तारे होटलमा कोठा भाडा १० देखि ११ हजार रुपैयाँको सट्टा २.५ देखि ३ लाख रुपैयाँ भारु पुगेको छ ।

यो हाई भोल्टेज खेल हेर्न हजारौं मानिस अहमदाबाद पुगिसकेका छन् । क्रिकेट फ्यानहरूको सुविधाको लागि भारतीय रेलवेले दिल्लीदेखि गुजरातको अहमदाबादसम्म विशेष ट्रेन चलाउनेछ। खेलपछि ट्रेन अहमदाबादबाट दिल्लीको लागि दिउँसो २ः ३० बजे प्रस्थान गर्नेछ। भारतीय रेलवेका अनुसार शनिबार मुम्बई–अहमदाबादबिच तीनवटा यस्ता ट्रेनहरू चलिरहेको छ।

रेलवे बाहेक, एयरलाइन्स कम्पनीहरूले पनि अहमदाबादको लागि थप उडानहरूको व्यवस्था गरेका छन्। सामान्यतया शनिबार मुम्बई र अहमदाबादबिच दैनिक १५ देखि २० उडानहरू हुन्छन्। खेलका कारण उडानको संख्या २५ पुगेको छ । अत्यधिक मागका कारण उडानको भाडा पनि ३ देखि ५ गुणाले बढेको छ । चेन्नई–अहमदाबाद उडानको भाडा ५ हजार रुपैयाँबाट बढेर २५ हजार भारतीय रुपैयाँ पुगेको छ भने दिल्ली–मुम्बईदेखि अहमदाबादको भाडा ७ हजार रुपैयाँबाट बढेर ३५–५० हजार रुपैयाँ पुगेको छ ।

प्राप्त जानकारीअनुसार शनिबार र आइतबार अहमदाबाद एयरपोर्टमा १०० भन्दा बढी चार्टर्ड प्लेन अवतरण हुनेछन्। जबकि, अहमदाबाद एयरपोर्टमा ३०४० चार्टर्ड प्लेन मात्र पार्क गर्ने क्षमता छ। यस्तो अवस्थामा गान्धीनगर र वडोदरामा धेरै विमान पार्किङ हुनेछन् । साथै सुरत, राजकोट र वडोदरामा भीभीआईपी र सेलिब्रेटीहरूको चार्टर्ड प्लेनलाई पनि पार्किङ सुविधा उपलब्ध गराइएको छ। अहमदाबाद एयरपोर्टमा भीभीआईपी अवतरण गरेपछि विमानहरू पार्किङका लागि यी शहरहरूतर्फ लाग्नेछन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖