• Friday 9th of October 2026

बाजुराको क्युडी गाउँका बुवाहरूले लगाएका टोपी देखेपछि


  • धनकुटा खबर
  • .

बाजुरा। टोपी लगाउनुका मुख्य दुई उद्देश्य छन्– शिरको शोभा र हावापानीबाट सुरक्षा। तर, बाजुराको विकट हिमाली गाउँपालिकाको क्युडी गाउँका बासिन्दाले लगाएका यी टोपी दुवै काम दिने खालका छैनन्।

मानव अधिकार अभियानका उपाध्यक्ष जनेश भण्डारीका अनुसार टोपीमा सामान्य प्वाल परेका वा च्यात्तिएका मात्र होइनन्, कपालमै धुजाधुजा भएका छन्।आजको युगमा इन्टरनेटमा नयाँनयाँ मोडल र डिजाइनका कपडामा सजिने वर्ग पनि नेपालमै भेटिन्छ। तर, यी गाउँले कैयौँ वर्षसम्म एउटै टोपी यसरी टाउकोमै सडेर जाँदा पनि लगाइरहन विवश छन्।

हिमाली गाउँपालिकाको क्युडी गाउँ नेपालकै विकट र दुर्गम गाउँ हो। केही अगाडि गाउँ गएका बेला यी बुवाहरूका टोपी देख्दा निकै मन दुख्यो’, भण्डारीले सामाजिक सञ्जालमा टोपीका तस्बिर राख्दै भनेका छन्, ‘एक महिनामा सकेजति टोपी लिएर बुवाहरूलाई भेट्न जाने सोचेको छु। टोपी नासो दिनेले दिन सक्नु हुनेछ।-स्टेटसेभन

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖