• Monday 5th of October 2026

सलमान खानले कट्रिना कैफलाई दिए यस्तो उपहार


  • धनकुटा खबर
  • .

पछिल्लो समय बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता सलमान खान चर्चामा छन्।

उनीहरूको नयाँ फिल्म ‘टाइगर ३’ अहिले सिनेमा हलहरूमा चलिरहेको छ। सलमान र कट्रिनाले विभिन्न कार्यक्रमहरूमार्फत् फिल्म प्रचार गरिरहेका छन्। हालै कट्रिना सलमान खानले होस्ट गर्ने कार्यक्रम ‘बिग बोस’ मा पनि देखिएकी थिइन्।

शनिबार पनि ‘टाइगर ३’ को प्रचार कार्यक्रम थियो। यही क्रममा सलमानले कट्रिनालाई उपहार दिएका थिए।
सलमानले ‘टाइगर ३’ मा आफ्नो घाँटीमा बेरेको स्कार्फ कट्रिनालाई उपहार दिएका हुन्।

उनले ‘टाइगर’ लेखिएको स्कार्फ कट्रिनाको घाँटीमा लगाइदिँदै दर्शक र पत्रकारलाई भनेका थिए, ‘यसको कुनै गलत मतलब ननिकाल्नुहोस्।’

सलमानले आफूलाई पहिलोपटक यस्तो उपहार दिएको भन्दै कट्रिनाले खुसी व्यक्त गरेकी थिइन्।

यो स्कार्फ सलमानको पहिचान बनिसकेको छ। ‘टाइगर’ शृंखलाको पहिलो फिल्मदेखि नै सलमानले बेरेको यो स्कार्फ शाहरूख खानको ‘पठान’ मा समेत देखाइएको थियो।

सुरूआतमा राम्रो कमाइ गरे पनि टाइगर-३ अहिले बक्सअफिसमा कमजोर हुँदै गएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖