• Friday 9th of October 2026

बाइक जोगाउन खोज्दा इलाममा भीरबाट खसेको थियो विद्यार्थी बोकेको बस


  • धनकुटा खबर
  • .

आइतबार साँझ इलामको रोङ गाउँपालिकास्थित कोल्बुङमा विद्यार्थी बोकेको बस भीरबाट खस्यो। मेची राजमार्गबाट झण्डै डेढ सय मिटर तल खस्दा धनुषाका दुई जनाको ज्यान गएको छ।

इलाम जिल्ला प्रहरी प्रमुृख एसपी बासुदेव खतिवडाका अनुसार बसका चालकले विपरीत दिशाबाट आइरहेका एक जना मोटरसाइकल चालकलाई जोगाउन खोज्दा बस भीरबाट खसेको हो।

‘बसका चालक ४१ वर्षीय हरिगिन राउत प्रहरी नियन्त्रणमा छन्,’ एसपी खतिवडाले भने।

आइतबार साँझ ५ बजेतिर इलामको कन्याम पुगेर फर्कंदै गरेको ना६ख ८४२४ नम्बरको बस रोङ गाउँपालिका ३ को कोलबुङमा दुर्घटनाग्रस्त भएको थियो।

प्रहरीका अनुसार शैक्षिक भ्रमणका लागि धनुषाबाट इलाम आएको टोलीमा विद्यार्थीका अभिभावक पनि थिए। धनुषाधाम नगरपालिका ९ बाट आएको बस कन्यामबाट फर्कंने क्रममा दुर्घटना भएको थियो।

दुर्घटनामा धनुषाधाम नगरपालिका–९ धारापानीका १२ वर्षीय बालक अर्पण लामा र सोही ठाउँकी ४० वर्षीया महिला तुल्मा लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बस दुर्घटनामका ३२ जना घाइते भएका छन्।
एसपी खतिवडाका अनुसार घाइतेहरुको झापा, बिर्तामोडस्थित बिएण्ड सी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार घाइतेहरूमध्ये धेरैको अवस्था सामान्य छ। धनुषाधाम–९ धारापानी बस्ने की ३० वर्षीया गणेशकुमारी मोक्तानको अनुहारमा चोट छ। उनको अवस्था सामान्य छ।

घाइते हुनेमा ११ वर्षीया समिक्षा मोक्तान, १२ वर्षीय शेखर मोक्तान, १२ वर्षीया निर्जला मोक्तान, ३६ वर्षीया अञ्जु लामा, दुई वर्षीया स्नेहारिका लामा रहेका छन्।

त्यस्तै वर्ष वर्षीया रिजा लामा, ११ वर्षीया काजल नायक, १४ वर्षीया निकिसा मोक्तान, ११ वर्षीया रितु लामा, ४ वर्षीया सुनमाया लामा, २० वर्षीया कविता घिसिङ पनि दुर्घटनामा घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य छ।

१३ वर्षीय सौगात लामा, १४ वर्षीया वर्षा तामाङ १५ वर्षीय सिद्दार्थ तामाङ, १७ वर्षीया स्वेच्छा लोप्चन, १२ वर्षीया बिबिसा मोक्तान, १५ वर्षीया रोजिना तामाङ, २८ वर्षीया कल्पनाकुमारी लामा पनि समान्य घाइते छन्।

यसैगरी ३१ वर्षीया शान्ता पाख्रिन, १८ वर्षीया सन्ध्या मोक्तान पनि घाइते छिन्।

३५ वर्षीया मनवती लामा, ३० वर्षीया ज्ञानु लामा, १८ वर्षीया, प्रतीक्षा लामा, ४५ वर्षीया लालकुमारी लामा पनि घाइते छन्। यसैगरी ४० वर्षीया वीरबहादुर मोक्तान, १५ वर्षीया करण मोक्तान, १६ वर्षीया कुसुम घिसिङ, ६० वर्षीया शान्तामाया तामाङ, ३५ वर्षीय अनिल परियार ३० वर्षीया रचना घिसिङ, ३५ वर्षीय सञ्जीव तामाङ, १८ वर्षीया रेणु घिसिङ र १६ वर्षीया समीक्षा लामा पनि घाइते रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖