• Friday 9th of October 2026

आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या


  • धनकुटा खबर
  • .

झापा, मंसिर ४ । झापाको कचनकवल–७ बैगुनवारी घर भएका ४१ वर्षीय हरि तामाङले आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन्।

स्थानीय एसबीआई ईटाभट्टामा गाडी चलाउँदै आएका तामाङलाई बिहान ८.३० बजे छिमेकीले मृत फेला पारी प्रहरीलाई खबर गरेका थिए । गएराति अकस्मात खुकुरी र लाईट लिएर बिरालो मार्ने भन्दै उनी घरबाट निस्किएका थिए । उनी घर नफर्किएपछि घरपरिवार र छिमेकीले राति नै खोजी गरेका थिए । उनका श्रीमती, एक छोरी र एक छोरा रहेका छन् ।

छिमेकीका अनुसार केही महिनादेखि उनको मानसिक सन्तुलन ठीक थिएन । घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।-कनकाइ खबर

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖