• Monday 5th of October 2026

अजय देवगनले गरे वैवाहिक जीवनबारे यस्तो खुलासा


  • धनकुटा खबर
  • .

बलिउडमा अभिनेता अजय देवगन र अभिनेत्री काजोल चर्चित छन्। उनीहरूको बिहे भएको २४ वर्ष भइसक्यो।

उनीहरू दुवै आफ्नो वैवाहिक जीवनबारे कम कुराकानी गर्छन्। काजोल धेरै बोल्न मनपराउँछिन् भने अजय कम बोल्न रूचाउँछन्। उनीहरू बलिउडको शक्तिशाली जोडीको रूपमा पनि चिनिन्छन्।

अजयले आफ्नो सुखद वैवाहिक जीवनबारे नयाँ खुलासा गरेका छन्। कुराकानी गर्न कम रूचाउने अजयले आफ्नो वैवाहिक जीवनमा खुसी हुनुको कारण खुलाएका छन्।

एक अन्तर्वार्तामा कार्यक्रम प्रस्तोताले अजयलाई प्रश्न सोधेका थिए, ‘तपाई धेरै बोलिराख्ने काजोललाई कसरी झेलिरहनु भएको छ? काजोल बोल्दा तपाई सुनेर बस्नुहुन्छ?’ यो प्रश्नको जवाफ दिँदै अजयले भने, ‘काजोल बोलिराख्छिन् तर म सुन्दिनँ। त्यसैले हामी खुसी छौं।’

काजोल र अजयले सन् १९९९ मा विवाह गरेका थिए। उनीहरूका दुई सन्तान छन्। उनीहरू दुवै जना फिल्ममा मिहेनत गर्छन्। दुवैको फिल्महरू चर्चित छन् साथै उनीहरू फिल्मको प्रचारप्रसार गर्न कम रूचाउँछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖