• Monday 5th of October 2026

ऋतिकको छैठौं औंला काट्न चाहन्थे उनका बुवा


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता ऋतिक रोशन आफ्नो अभिनयसँगै नृत्यको कारण दर्शकको मन जित्न सफल भएका छन्।

उनी पछिल्ला समय अभिनयभन्दा पनि व्यक्तिगत जीवनशैलीको कारण चर्चामा आइरहेका छन्। उनको दाहिने हातमा ६ वटा औंला छन्। सन् २००० मा बलिउड फिल्ममा डेब्यू गरेपछि उनको छैठौं औंलाको चर्चा भएको थियो।

दर्शकको लागि उनको छैठौं औंला मनपरे पनि उनको परिवारलाई भने चिन्ताको विषय बनेको थियो। त्यसैले उनको बुवा राकेश रोशनले छैठौं औंला काट्न चाहन्थे। राकेशलाई लाग्थ्यो- ऋतिकले औंलाको कारण फिल्म क्षेत्रमा धेरै ठाँउ पाउँदैनन्।

राकेशले यही भम्रको कारण ऋतिक औंला सर्जरी गरेर हटाउन खोजेका थिए तर यो कुरामा ऋतिकको आमा पिंकी रोशनले विरोध गरेकी थिइन्। पिंकीले छोराको औंला भगवानले बरदान गरेको भन्दै विरोध गरेकी थिइन्।

फिल्मबाहिर ऋतिक औंलाकै कारण हासोको पात्र बन्नुपर्थ्यो। उनको फिल्म ‘कहो ना प्यार हे’ रिलिज भएपछि सबैले सकारात्मक धारणा बनाए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖