• Monday 5th of October 2026

अन्तर्राष्ट्रिय मिडियामा किन छाइरहेकी छिन् जेन दीपिका ग्यारेट ?


  • धनकुटा खबर
  • .

मिस युनिभर्स २०२३ मा नेपालबाट प्रतिनिधित्व गरेकी जेन दीपिका ग्यारेट टप २० मै सीमित भइन्।

तर ग्यारेटको चार्चा भने अन्तर्राष्ट्रिय मिडियामा भइरहेको छ। ग्यारेटले ‘प्लस साइज मोडल’ को रूपमा अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुली रहेकी छिन्।

सीएनएनदेखि विश्व प्रतिष्ठित मिडियाले ‘प्लस साइज’ मोडलको रुपमा दीपिकाले सौन्दर्यको मापदण्डलाई तोडेको समाचार लेखेका छन्।

उनले मिस युनिभर्समा पहिलो ‘प्लस साइज मोडल’को कीर्तिमान रचिन्। उनको आत्मविश्वासको पनि चर्चा भैरहेको छ। खासगरि, मिस युनिभर्सको प्रारम्भिक चरणमा दीपिकाको खुबै प्रशंसा भएको छ।

अमेरिकाबाट फर्किएकी उनी पछिल्लो समय काठमाडौंमा बसोबास गर्दै आएकी छन्। २२ वर्षिया दिपिका ग्यारेट मानसिक स्वास्थ्य, सकारात्मक सोच र हर्मोनल स्वास्थ्यको पक्षमा आफ्ना धारणा राख्दै आएकी छन्।

‘मिस युनिभर्स नेपाल २०२३’ मा प्रतिस्पर्धीको मापदण्डलाई बिगतका वर्षभन्दा खुकुलो बनाइएको थियो। उक्त संस्करणमा उचाइ र तौलको निश्चित मापदण्ड तोकिएको थिएन। यस्तै, समलैंगिक महिला, गैरआवासीय नेपाली महिला, विवाहित महिला र आमाहरूले समेत भाग लिन पाउने व्यवस्था गरिएको थियो। सोही कारण दीपिका सहभागि भएकी थिइन्। -नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖