• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

१ अर्ब नाघ्यो अपर तामाकोशीको नाफा: तीन महिनामै बेच्यो साढे ३ अर्बको बिजुली, कसरी सुधारिँदै छ वित्तीय अवस्था ?


  • धनकुटा खबर
  • .

काठमाडौं । अमर तामाकोशीको नाफा १ अर्ब नाघेको छ । कम्पनीले आइतबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको पहिलोा त्रैमासमा कम्पनीले १ अर्ब ७२ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । कम्पनीको यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २६.२६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा भने कम्पनीले ७९ करोड ७७ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

राष्ट्रिय गौरवको आयोजना समेत रहेको अपर तामाकोशी गत असार मसान्तसम्ममा भने ४ अर्ब ८ करोड ९१ लाख ९२ हजार रुपैयाँ ऋणात्मक थियो । समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले बिद्युत बिक्रीबाट ३ अर्ब ५६ करोड १७ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको थियो । तर, चालु आवको समिक्षा अवधिमा आइपुग्दा कम्पनीको यस्तो आम्दानी भने साढे १५ करोडले बढेर ३ अर्ब ७१ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

यता, कम्पनीको कर्मचारी संचालन खर्च पनि घटेको छ । गत आवको पहिलो त्रैमासमा ११ करोड १८ लाख रुपैयाँ रहेका यस्तो खर्च चालु आवको सोही अवधिमा आइपुग्दा भने ८ करोड २७ लाख रुपैयाँ कायम भएको छ । यसरी विद्युत बिक्री आम्दानी वृद्धि र कर्मचारी संचालन खर्च घट्दा नै कम्पनीले नाफा दोहोरो अंकले बढाउन सफल भएको हो ।

समिक्षा अवधिमा कम्पनीको संचालन नाफा पनि २ अर्ब ६० करोड १ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।यस्तै, वित्तीय आम्दानी पनि बढेर ३४ लाख ७२ हजार रुपैयाँ कायम भउको छ ।

कम्पनीको चुक्ता पुँजी १५ अर्ब ९० करोड रुपैयाँ रहेको छ । तर, कम्पनीको रिटेन्ड अनिङ्ग भने ६ अर्ब २४ करोड १० लाख रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३० पैसा छ भने प्रतिसेयर नेटवर्थ ६० रुपैयाँ ९७ पैसा छ ।

कम्पनी अन्तर्गतको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माणकार्य सम्पन्न भई २०७८ भाद्र २५ देखि पूर्ण रुपमा विद्युतको व्यापारिक उत्पादन भइरहेको छ ।

दीर्घकालिन ऋण भुक्तानीको सन्दर्भमा नेपाल सरकारको दीर्घकालिन ऋण भुक्तानीको लागि ३० वटा किस्ताको १५ वर्षे ऋण भुक्तानी तालिका तथा अन्य संस्थागत ऋणप्रदायक संस्थाहरूको दीर्घकालिन ऋण भुक्तानीको लागि ६० वटा किस्ताको १५ वर्षे ऋण भुक्तानी तालिका निर्धारण गरी चालु आव २०८०/८१ असोज मसान्तसम्ममा नेपाल सरकारको तीन तथा अन्य संस्थाहरूको सात किस्ता सावाँ तथा व्याज भुक्तानी गरिएको कम्पनीले जनाएको छ।

विविध कारणहरूले आयोजना निर्माण सम्पन्न अवधि बढ्न गई समग्र आयोजनाको लागत वृद्धि हुन गएकोले हासकट्टि खर्च तथा व्याज खर्च अत्यधिक वृद्धि भएको कम्पनीले जनाएको छ । तर, त्यस अनुरुप विद्युत विक्रीबाट आम्दानी बढ्न सक्ने अवस्था नरहेकोले यस आवका साथै आउँदो केहि आवमा समेत कम्पनीको नाफामा असर पर्ने अवस्था देखिएको व्यवस्थापकीय विश्लेषण छ ।-अर्थपथ

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖