• Thursday 8th of October 2026

विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिना भिड्दै


  • धनकुटा खबर
  • .

फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा चिरप्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिना भिड्दैछन्।

ब्राजिलको माराकाना रंगशालामा नेपाली समयअनुसार बुधबार विहान सवा ६ बजे खेल सुरु हुनेछ। विश्वकप छनोटमा अर्जेन्टिना ५ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा छ। ब्राजिल ७ अंक जोडेर पाँचौ स्थानमा छ।
ब्राजिल र अर्जेन्टिना दुवै टिम पछिल्लो खेलमा भने पराजित भएका थिए। अर्जेन्टिनाले उरुग्वेसँग २-० गोलले पराजय भोगेको थियो। ब्राजिललाई भने कोलम्बियाले २-१ गोलले हराएको थियो।

विश्वकप छनोटमा ब्राजिलले कोलम्बियासँग हार्नुअघि उरुग्वेसँग २-० को हार बेहोर्दा भेनेजुएलासँग १-१ गोलको बराबरी खेलेको थियो।

सुरुवाती दुई खेलमा जित हात पारेपछि ब्राजिल छैटौं खेलमा जितको खोजीमा छ। तर अर्जेन्टिना प्रतिद्वन्द्वी पर्दा ब्राजिल दबाबमा छ। अर्जेन्टिनाले भने छनोटमा लगातार चार खेलमा जित निकाल्दा पाँचौ खेलमा पराजित भएको थियो।

दुई टिमबीच पछिल्ला पाँच खेलमध्ये दुवै टिमले दुई दुई खेलमा जित निकाल्दा एक खेल बराबरीमा सकिएको थियो।

पछिल्लो पटक ब्राजिल र अर्जेन्टिनाबीच २०२१ मा भएको खेल गोलरहित बराबरी भएको थियो। त्यसअघिका दुई खेलमा भने अर्जेन्टिनाले समान १-० गोलको जित निकालेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖