• Monday 5th of October 2026

ऋतिक रोशन बने भारतका दोस्रो धनी अभिनेता


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता ऋतिक रोशन भारतको दोस्रो धनी अभिनेता बनेका छन्। पहिलो नम्बरमा अभिनेता शाहरूख खान छन्।

ऋतिकसँग धेरै सम्पत्ति रहेको खुलासा भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ऋतिकसँग ४१० मिलियन डलर (३४ अर्ब १७ करोड भारू) रहेको छ।

उनी एउटा फिल्मको ७५ देखि १०० करोड भारू पारिश्रमिक लिन्छन्। उनी एक विज्ञापन गरेको १० देखि १२ करोड भारू लिन्छन् भने सामाजिक सञ्जालमार्फत प्रमाेशनल भिडिओ हालेको ४-५ करोड भारू पारिश्रमिक लिन्छन्। उनीसँग आफ्नै कम्पनी छ।

स्पोर्ट वियर क्लोदिङ ब्रान्ड, एचआरएक्सका मालिक हुन् उनी। यो कम्पनीको मूल्य २०० करोड भारू रहेको छ। उनको दुई पेटहाउस पनि छ। एकको मूल्य ९८ करोड भारू छ भने अर्कोको ६७ करोड छ।

उनीसँग ३ करोडको डिजाइनर भ्यानिटी भ्यान छ। उनले अभिनय गरेका फिल्महरू प्राय हिट छन्। यतिबेला उनी फिल्म ‘फाइटर’ को तयारीमा छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖