• Friday 9th of October 2026

पोखराको होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु


  • धनकुटा खबर
  • .

पोखराको एक होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

पोखरा महानगरपालिका वडा नम्बर ८ मा रहेको युनिक होटलमा मंगलबार बेलुकी एक महिला अचेत अवस्थामा फेला परेकी थिइन्।

मंगलबार बेलुकी पौने ७ बजेतिर होटलमा अचेत भेटिएकी तनहुँको भीमादकी ३८ वर्षीया सुकु विकलाई उपचारका लागि अस्पताल लगिएको थियो।

होटल सञ्चालकले बेहोस अवस्थामा भेटिएकी विकलाई चरक अस्पताल पुर्‍याएका थिए।

उपचारका क्रममा विकको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।

‘घटना शङ्कास्पद छ, हामी अनुसन्धान गर्दैछौं,’ उनले भने। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले केही मानिसहरूलाई नियन्त्रणमा लिएको छ।

उनका अनुसार घटना शंकास्पद छ। शवको पोष्टमर्टमको लागि पश्चिम क्षेत्रीय अस्पतालमा राखिएको छ।

विकले नागढुंगास्थित शिला रेष्टुरेन्टमा दुई वर्षदेखि काम गर्दै आएकी थिइन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖