• Friday 9th of October 2026

जंगलमा दाउरा खोज्न जाँदा ढुंगा खसेर महिलाको मृत्यु


  • धनकुटा खबर
  • .

जंगलमा दाउरा खोज्न जाने क्रममा माथिबाट खसेको ढुंगा लागेर जुम्लामा एक महिलाको मृत्यु भएको छ।

कालिकोट जिल्लाको तिला गुफा नगरपालिका-७ राचुल्ली घर घर भई हाल माइती घर जुम्लाको हिमा गाउँपालिका-१ बड्की गाउँमा बस्दै आइरहेकी २२ वर्षीय कमला (विक) कामीको मृत्यु भएको हो।

प्रहरीका अनुसार जंगलको माथिबाट अचानक खसेको ढुंगा लागेर उनी घाइते भएकी थिइन्। ढुंगा उनको टाउकोमा लागेको थियो।

टाउकोमा चोट लागी गम्भीर घाइते भएकी उनलाई उपचारका लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी उमेश चन्दले जानकारी दिए।

स्थानीय हरिस विकका अनुसार मृतक कमलाको श्रीमान् र २ वर्षको एक छोरा छन्।-गोल्डेन बुढा /नागरिक न्यूज

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖