काठमाडौँमा भूकम्पको ठुलो धक्का महसुस गरिएको छ । मध्यराति १ बजेर १९मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
काठमाडौँलगायत आसपासका जिल्लामा धक्का महसुस गरिएको हो ।
भूकम्पको केन्द्रबिन्दु र कति म्याग्नेच्युडको हो भन्ने बारेमा राष्ट्रिय भूकम्प मापन केन्द्रले केही जनाएको छैन । भूकम्पको धक्का महसुस भएपछि मानिसहरू घरबाहिर निस्किएका थिए । विस्तृत विवरण आउन बाँकी छ ।
