• Friday 9th of October 2026

रमाइलोको लागि स्थानीयलाई पेस्तोल पट्काउन दिने असई निलम्बित


  • धनकुटा खबर
  • .

बझाङ, मंसिर ९ । बझाङमा नियम विपरीत स्थानीयलाई पेस्तोल पट्काउन दिने एक प्रहरी सहायक निरीक्षक (असई) पदबाट निलम्बित भएका छन्।

जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ पाटागाउँमा स्थानीयलाई आफ्नो साथमा भएको पेस्तोल पट्काउन दिने असई पुस्कल चन्दलाई शुक्रवार पदबाट निलम्बन गरिएको हो।

निलम्बित असई चन्दले गएको कात्तिक ६ गते छविसपाथिभेराका पुर्व गाउँपालिका अध्यक्षसमेत रहेका अक्कल धामिलाई रमाइलोको लागि आफ्नो पेस्तोल पट्काउन दिएका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖