• Friday 9th of October 2026

बलात्कार आरोपमा कांग्रेस नेता चौधरी पक्राउ


  • धनकुटा खबर
  • .

जनकपुरधाम । एक महिलालाई बलात्कार गरेको आरोप लागेका सप्तरीका नेपाली का‌ंग्रेसका नेता दीपेन्द्र चौधरी पक्राउ परेका छन् ।

का‌ंग्रेस नेता चौधरीलाई शुक्रवार सप्तरी प्रहरीले पक्राउ गरेको हो । ३५ वर्षीया एक महिला बलात्कारको प्रयास सम्बन्धी जाहेरी दिएको आधारमा उनलाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिए ।

जिल्ला अदालतबाट म्याद थप गराई चौधरीमाथि थप अनुसन्धान गरिरहेको डिएसपी न्यौपानेले बताए । उनका अनुसार अदालतले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको छ ।

स्थानीय तहको निर्वाचनमा चौधरी नेपाली काँग्रेसबाट मेयरको उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖