• Thursday 8th of October 2026

मुम्बई फर्किए हार्दिक पाण्ड्या


  • धनकुटा खबर
  • .

भारतीय अलराउन्डर हार्दिक पाण्ड्या इन्डियन प्रिमियर लिग (आईपिएल)मा मुम्बई इन्डियन्स नै फर्किएका छन्।

दुई सिजनअघि मुम्बईले रिनेट नगरेपछि नयाँ फ्रेन्चाइजी गुजरात टाइन्सको मार्की खेलाडी बनेका हार्दिक पुरानै क्लब फर्किएका हुन्। नयाँ सिजनका लागि मुम्बईले हार्दिकलाई गुजरातबाट १५ करोड रुपैयाँमा ट्रेड गरेको हो।

हार्दिकले आफ्नो कप्तानीमा पहिलो सिजन नै गुजरातलाई च्याम्पियन बनाएका थिए भने दोस्रो सिजन पनि फाइनल पु¥याएका थिए।

हार्दिक मुम्बईमा जमेका खेलाडी हुन्। त्यहीँ गरेको प्रदर्शनपछि उनी भारतीय टिममा परेका थिए। भारतीय टि–२० टिमका कप्तान हार्दिकलाई मुम्बईले भावी कप्तानका रुपमा हरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖