• Friday 9th of October 2026

मानव बेचबिखन गरेको आरोपमा होटल सञ्चालक र प्रबन्धक पक्राउ


  • धनकुटा खबर
  • .

सप्तरीमा मानवबेचबिखन तथा ओसार पसार आरोपमा होटेल सञ्चालक र प्रबन्धक पक्राउ परेका छन्।

राजविराज नगरपालिका-३ लक्ष्मी गेष्ट हाउस सञ्चालक सोही नगरको वडा-६ बस्ने ५७ वर्षीय अरूणचन्द्र मिश्र र गेष्ट हाउस प्रबन्धक महादेवा गाउँपालिका-२ बस्ने ४१ वर्षीय राम प्रकाश मण्डल पक्राउ परेका हुन्।

गेष्ट हाउसमा जबरजस्ती वेश्यावृती भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो। महिलाहरूलाई विभिन्न प्रलोभन देखाइ जबरजस्ती वेश्यावृत्ति गराउने कार्य भइरहेकै अवस्थामा भेटिएपछि उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनीहरूलाई मानवबेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गतको कसुरमा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने काम भइरहेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖