• Friday 9th of October 2026

दुर्गा प्रसाइको आन्दोलनमा मान्छे घट्नुको कारण यस्तो रहेछ


  • धनकुटा खबर
  • .

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाइको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ ।

औचित्य सकिएको भन्दै न्यायाधीश कुमार चुडालको एकल इजलासले आइतबार रिट खारेज गरेको हो ।भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेको भन्दै प्रसाईंले शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।

बिहीबार राजधानीको बल्खुमा केन्द्रित रहेर विरोध प्रदर्शन आयोजना गरेका प्रसाईंले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए । तर, स्थानीय प्रशासनले शुक्रबार तिनकुने क्षेत्रमा प्रदर्शनको अनुमति नदिइएको प्रस्ट पारेसँगै सो क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी उनका केही समर्थकलाई नियन्त्रणमा लिइएको थियो भने केहीलाई सम्झाइबुझाइ पठाइएको प्रहरी स्रोतले जनाएको छ ।

https://youtu.be/EXCGD-tH78g

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖