• Saturday 28th of November 2026

फेसबुकमार्फत फ्रेन्ड रिक्वेस्ट पठाएर माया जालमा पार्ने गर्थिन् सुजता, पछि झ्वाम् पार्थिन पैसा !


  • धनकुटा खबर
  • .

काठमाडौँ – सामाजिक सञ्जाल मार्फत ठगी गर्दै आएकी एक युवती पक्राउ परेकी छन्। सामाजिक सञ्जाल फेसबुकमा फेक आइडी बनाएर ठगी गर्ने एक युवतीलाई काठमाडौँबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका घर भएर ललितपुर बस्ने सुजता चौधरी रहेकी छन्। २७ वर्षीय चौधरीलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

विदेशी नागरिकको नाममा फेसबुक आइडी बनाएर सुजताले आईफोन, घडी र सुनका गहना उपहार पठाएको छु भन्दै ठग्ने गरेकी थिइन्। उनले आफू टर्किस नागरिक एलेक्स बेन्जामिन भएको भन्दै पीडितहरुलाई फ्रेन्ड रिक्वेस्ट पठाएर माया जालमा पर्ने गरेको प्रहरीले जनाएको छ।

कुरियरमार्फत सामान पठाएको बहाना बनाएर चौधरीले एयरपोर्टमा सामान आइपुगेको भन्दै ‘कस्टम चार्ज’ र ‘डेलिभरी चार्ज’ मागेर ठग्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको बताइएको छ।

चौधरीले डेलिभरी मार्फत एयरपोर्टमा सामान आईपुगेको र कस्टम चार्ज, डेलीभरी चार्ज र ईन्सुरेन्स चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भन्दै पिडितलाई विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खातामा पैसा गराउन लगाएको प्रहरीले उल्लेख गरेको छ ।

उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी परिसर ललितपुरमा पठाईएको प्रहरीले जनाएको छ । हालसम्म उनले १ लाख ३५ हजार ठगेको उजुरी प्रहरीमा परेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖